आर्थिक वृद्धिबारे तथ्य तोडमोड गरिएकोमा तथ्यांक विभागको आपत्ति « Khabarhub

आर्थिक वृद्धिबारे तथ्य तोडमोड गरिएकोमा तथ्यांक विभागको आपत्ति


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक वृद्धिबारेको तथ्य तोडमोड गरिएको भन्दै आपत्ति जनाएको छ ।

विभागले आव २०७६/०७७ मा आधारभूत मूल्यमा २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमानलाई तोडमोड गर्दै अरू नै तथ्यांक दिइएको भन्दै त्यस्ता तथ्यमा विश्वास नगर्न आग्रह गरेको छ ।

विभागले पछिल्ला केही दिनमा आर्थिक वृद्धिको विषयलाई लिएर गलत तथ्याङ्कको प्रसार तथा प्रशारण भइरहेको पाइएकाले त्यस्तो गलत हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रियतहमा देखिएको कोरोनाको महामारीको असरलाई न्यून गर्न अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासको प्रभावले हाम्रो अर्थतन्त्रमा पर्ने असर अनुमानसहित आव २०७६/०७७ को प्रारम्भिक वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क गत वैशाख १७ गते प्रकाशनमा ल्याइएको स्मरण गराएको छ ।

सो आवको तेस्रो त्रैमासको मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा आव २०७५/०७६ को सोही अवधिको तुलनामा ०.८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसैगरी मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा आव २०७६/०७७ को दोस्रो त्रैमासको तुलनामा सोही आवको तेस्रौ त्रैमासमा २.७२ प्रतिशतले सङ्कुचन हुने प्रारम्भिक अनुमान गरिएको छ ।

यी बाहेक विभागले कुनै पनि वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन गरी प्रकाशनमा नल्याएको विभागद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ४७ बजे

एउटै प्रकृतिका बेरुजु वित्तीय अनुशासनका लागि चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु

‘असारे पानी साउने झरी’ गीत सार्वजनिक

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक

चीनद्वारा २० जापानी संस्था कालो सूचीमा, दोहोरो उपयोग सामग्रीको निर्यातमा प्रतिबन्ध

बेइजिङ- चीनले थप २० जापानी संस्थालाई आफ्नो निर्यात नियन्त्रण (कालो सूची)

नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात

काठमाडौं– आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ ।

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम