ब्रिक्सको १२औँ शिखर सम्मेलन नोभेम्बर १७ मा हुने « Khabarhub

ब्रिक्सको १२औँ शिखर सम्मेलन नोभेम्बर १७ मा हुने


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच देशको शिखर सम्मेलन यही नोभेम्बर १७ मा हुने भएको छ ।

सबै देशको नामको अङ्ग्रेजीको पहिलो अक्षरलाई समेटेर बनाइएको ब्रिक्सको अहिले १२औँ सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा विषेश गरेर विश्वको स्थायीत्व, सुरक्षा र रचनात्मकता बृद्धिलगायतका विषयमा संयुक्तरुपमा काम गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

अहिलेको सम्मेलनको अध्यक्ष राष्ट्र रुसले ब्रिक्स अन्तर्गतका देशहरूबीचमा बहुपक्षीय विषयमा सहकार्य गर्न प्रस्ताव राखेको छ ।

यी देशका नागरिकको जीवनस्तर र गुणस्तर बृद्धि गर्ने बारेमा यी देशका नेताहरुले छलफल गर्ने सम्मेलन व्यवस्थापन गर्ने अधिकारीहरुले जनाएका छन् ।

कोरोनाका कारण विश्वभरी उत्पन्न विषम परिस्थिति र त्यसलाई सामना गर्ने उपायमाथि पनि नेताहरुका बीचमा परामर्श हुने जनाइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : १५ बजे

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत राजनीतिक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी

कांग्रेस विभाजनले एमालेलाई सजिलो भयो, तर खुसी छैनौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रमुख प्रतिस्पर्धी दल