डा. केसीलाई अनसन अन्त्य गर्न नेकपाको आग्रह « Khabarhub

डा. केसीलाई अनसन अन्त्य गर्न नेकपाको आग्रह


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ।

मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले डा. केसीलाई अनसन अन्त्य गर्नका लागि सरकाले पत्र पठाएको बारे प्रधानमन्त्रीले जानकारी दिएको बताए।

‘डाक्टर गोविन्द केसीलाई अनसन तोड्न सरकारले अपिल गर्न पत्र पठाएको बारेमा प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभयो’, उनले भने।

डा. केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारका विषयमा सरकारले गरेका केही सम्झौता कार्यान्वयन भएको र केही कार्यान्वयनका क्रममा रहेको र ती कार्यान्वयन हुँदै जाने जानकारी दिए।

मन्त्रिपरिषद पुनर्गठनबारे छलफल नै भएन

सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको  विषयले प्रवेश नै पाएन।

बैठमा विभिन्न संवैधानिक आयोगमा नियुक्ति र पार्टी एकीकरण सम्पन्न गर्ने विषयमा छलफल भएपनि चर्चामा रहेको मन्त्रिपरिषद पुनर्गठनका विषयमा कुनै छलफल भएन।

“सचिवालयको आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका बारेमा प्रधानमन्त्रीले कुनै जानकारी भएको छैन। दुई अध्यक्षबीच कुनै छलफल भइरहेको होला”, बैठकपछि प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : ०८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि