पेरिस सम्झौताबाट अमेरिका बाहिरिनु दुःखद् : संयुक्त राष्ट्रसंघ « Khabarhub

पेरिस सम्झौताबाट अमेरिका बाहिरिनु दुःखद् : संयुक्त राष्ट्रसंघ


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएकोमा संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ ।

चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्यलगायतका देशहरुले पनि उक्त सम्झौताबाट बाहिरिएकोमा दुःख व्यक्त गरेका बताइएको छ ।

अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका थिए । गत वर्षदेखि उक्त सम्झौताबाट बाहिरिने निर्णय गर्दै आएको अमेरिका बुधबार औपचारिक रूपमा बाहिरिएको हो ।

उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ गरेको थियो । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरुसँगै अमेरिकाले पनि सम्झौता गरेको थियो ।

विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सो सम्झौताबाट बाहिरिएकोमा राष्ट्रसंघले दुःख व्यक्त गरेको बताइएको छ ।

यसअघि पनि सन् २०१५ देखि नै अमेरिकाको यो निर्णयको विश्वका प्राय देशहरुले विरोध गरेका थिए । तर, पनि ट्रम्प प्रशासनले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : २० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु