चिनियाँ बैंकसँग नेपाली बैंकले जिते मुद्दा, साढे १ अर्ब रुपैयाँ फिर्ता पाउँदै « Khabarhub

चिनियाँ बैंकसँग नेपाली बैंकले जिते मुद्दा, साढे १ अर्ब रुपैयाँ फिर्ता पाउँदै


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ बैंक, ठेकेदार कम्पनी र चिनियाँ अदालतको लामो चक्करपछि नेपालका हिमालयन बैंक र बैंक अफ काठमान्डुले मुद्दा जितेका छन् ।

मुद्दा जितेसँगै उनीहरुको डेढ अर्ब रुपैयाँ बराबरको रकम फिर्ता आउने भएको छ।

८ बर्षअघि मेलम्ची खानेपानी आयोजनाको जमानतको रकम फिर्ता सम्बन्धी चीनमा चलेको मुद्दा दुवै बैंकले जितेपछि उनीहरुको रकम फिर्ता आउने भएको हो।

यद्यपी विपक्षीहरु पुनरावेदनका लागि उच्च अदालतमा जाने सम्मावना भने अझै रहेको छ।

विहीबार चीनको माथिल्लो अदालत हेनान प्रोभिन्स पिपल्स कोर्टले गरेको सुनुवाइमा नेपाली बैंकले मुद्द जितेका हुन्। दुवै बैंकले शुक्रबार नै रकम फिर्ताको लागि दावी सहितको पत्र पठाउने बताएका छन्।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले आफूले शुक्रबार मुद्दा जितेको खवर पाएको जानकारी दिँदै दुवै बैंकले सल्लाह गरी रकम फिर्ताको लागि तत्काल पहल थाल्ने जानकारी दिए।

मुद्दा जितेसँगै दुवै बैंकले मेलम्ची जमानतको रकम भुक्तानी पाउनेछन्।

मेलम्ची आयोजनाको जमानत रकम फिर्ता आएमा बैंक अफ काठमाण्डूको ९४ करोड ९८ लाख रुपैयाँ बराबर र हिमालयन बैंकको ६६ करोड रुपैयाँ फिर्ता आउने छ।

त्यस्तै बैंकले हर्जना रकम पनि फिर्ता पाउने छन् तर कति रकम फिर्ता आउने छ भन्ने विषयमा भने अझै स्पष्ट जानकारी नआएको बैंकले जनाएको छ।

बैंक अफ काठमाडौं र हिमालय बैंकले ८ बर्ष अघि चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सीसीबी) का तर्फबाट मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानीबापत डेढ अर्ब रुपैयाँ दिएका थिए।

तत्कालीन समयमा मेलम्ची आयोजनाको निर्माण ठेक्का पाएको ठेकेदार चाइना रेलवे १५ ब्युरो ग्रुपको ग्यारेन्टरका रुपमा सीसीबी रहेको थियो। सीसीबीको काउन्टर ग्यारेन्टीको रुपमा नेपालका बैंकहरु बैंक अफ काठमाडौं र हिमालयन बैंक रहेको थियो।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ९ : ०५ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता