साउदीको दम्माबाट १६९ नेपालीको पासपोर्ट नवीकरण  « Khabarhub

साउदीको दम्माबाट १६९ नेपालीको पासपोर्ट नवीकरण 


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीको दम्माबाट १६९ नेपाली श्रमिकको पासपोर्ट नवीकरण गरिएको छ ।

साउदीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ साउदीको संयुक्त आयोजनामा साउदीको पूर्वी क्षेत्र दम्माममा पासपोर्ट (राहदानी) नवीकरण गरिएको एनआरएनए साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए ।

दूतावासले कोरोना महामारीका कारण साउदीका बिभिन्न शहर तथा दूरदराजमा रहेका नेपालीहरु राहदानीको म्याद सकिएर नवीकरणका लागि नेपाली दूतावाससम्म पुग्न कठिन भइरहँदा क्याम्प खडा गरी पासपोर्ट नविकरण गरिएको हो ।

अनलाइन फारम भरेका १०९ जना र अन्य ६० जनाको पासपोर्ट नविकरण गरिएको नेपाली दूतावासका प्रथम सचिव ऋषिराज आचार्यले जानकारी दिए ।

पासपोर्ट नवीकरणको लागि आगामी ११ डिसेम्बर पूर्वी क्षेत्र दमाममा पनि सहजिकरण गरिनेछ ।

यस्तै साउदीको अन्य शहर अल-कासिम, ताबुक, जिजान, आब्भा-खामिस्, यान्बु लगायतका शहरहरुमा पनि आवश्यकता हेरी उपयुक्त स्थान र मिति छिट्टै  सार्वजनिक गरिने प्रवक्ता न्यौपानेले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ७ : १५ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६