किन उल्टो झुन्डिएर बस्छ चमेरो ? यस्तो छ रहस्य « Khabarhub

किन उल्टो झुन्डिएर बस्छ चमेरो ? यस्तो छ रहस्य


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हलिउड फिल्मका सबैभन्दा फेमस क्यारेक्टर ब्याटम्यानका बारेमा को परिचित नहोला ? ब्याटम्यानको फिल्म हेरेपछि चमेरोको बारेमा जान्न तपाईलाई अत्याधिक मन लाग्यो होला ।

चमेरो धेरैजसो अध्यारो ठाउँमा रुखका हाँगा तथा गुफाहरुमा उल्टो झुन्डिरहेको हुन्छ । तपाई चमेरो किन उल्टो झुन्डिन्छ भन्ने बारेमा जान्न कौतुहलता पनि भयो होला ।

आखिर किन उल्टो झुन्डिन्छ त चमेरो ? किन सिधा बस्दैन ? आज हामी तपाईलाई यस रहस्यको बारेमा जानकारी दिनेछौँ । चमेरो स्तनधारी जीव मध्ये एक मात्र त्यस्तो जीव हो जो उड्न सक्दछ ।

संसारभरमा १ हजार भन्दा धेरै चमेरोका प्रजातीहरु पाइन्छन् । ति मध्ये केही चमेराहरु यस्ता पनि छन्, जसले रगत पिउँदछन् । त्यसैले उक्त प्रजातीको चमेरालाई ‘पिशाच चमेरो’ भन्ने गरिन्छ । वैज्ञानिकहरुले पनि चमेरो आज भन्दा १० करोड वर्ष पहिला अर्थात् डायनोसरको समयमा धर्तीमा रहेको बताएका छन् ।

आजसम्म पनि चमेरो धर्तीमा छ । चमेरो उल्टो झुन्डिँदा सहज तरिकाले उड्न सक्दछ । बाँकी पंक्षीभन्दा चमेरो जमीनबाट उड्न सक्षम हुँदैन । किनभने चमेरोको प्वाँख जमिनबाट त्यति उडान भर्न सक्दैन । साथै चमेराको पछाडी पटिको खुट्टा छोटो हुन्छ र पूरा विकसित भएको हुँदैन ।

त्यसैले चमेरोले जमीनबाट दौडेर उडानको गति समात्न सक्दैन । साथै चमेराको खुट्टाको नसा यति व्यवस्थित हुन्छ कि उसको सबै तौल पञ्जालाई बलियो बनाउने किसिमको रहेको हुन्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ५ : ४५ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै