सगरमाथाको उचाइ मंसिर २३ गते घोषणा गरिने « Khabarhub

सगरमाथाको उचाइ मंसिर २३ गते घोषणा गरिने


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ ।

नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो ।

यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।

गत मंसिर १० गते बुधबार बसेको मन्‍त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ८ : ०४ बजे

फ्रान्सको लगातार दोस्रो जित, आयरल्याण्ड पराजित

काठमाडौँ- युरोकप छनोटमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ। आयरल्यान्डस्थित

झपक्कै फुल्यो आँप

तुलसीपुर – यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको

‘एक्सरे मेसिन’ दुई महिनादेखि प्रयोगविहीन

गलेश्वर- पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे

सिस्नु खानुका फाइदा

काठमाडौं – के तपाईँलाई थाहा छ सिस्नुका अचुक फाइदाहरू ?

थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै

काठमाडौँ – प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज