प्रहरी संरचना निर्माणका लागि कर्णाली प्रदेशले १० करोड विनियोजन गर्ने « Khabarhub

प्रहरी संरचना निर्माणका लागि कर्णाली प्रदेशले १० करोड विनियोजन गर्ने


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेश सरकाले प्रहरी संरचना निर्माणका लागि करिब रु १० करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी संरचना निर्माणका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई बजेट अख्तियारीका स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा पर्वतीय प्रहरी प्रतिष्ठान निर्माणका लागि रु तीन करोड ९३ लाख, अन्य प्रदेश प्रहरी संरचना निर्माणका लागि रु पाँच करोड र प्रहरी तालीम केन्द्र निर्माणका लागि रु एक करोड गरी जम्मा रु नौ करोड ९३ लाख बजेट अख्तियारी प्रदानका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

त्यसैगरी, बैठकले मन्त्रालयको चालु आव २०७७/७८ को स्वीकृत बजेटअन्तर्गत चालु शीर्षक नं २७२१२ को उद्धार, राहत तथा पुनस्र्थापना खर्चको क्रियाकलाप सङ्केत नं ७.२.८.५ सडकलगायत दुर्घटना, उद्धार कार्यक्रम शीर्षकबाट कार्यक्रम संशोधनपश्चात् विपद्का घटनाबाट मृत्यु भएका मृतक २३ घर परिवारलाई रु ४६ लाख राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मृतकको एकीन गरी दोहोरो नपर्ने शर्तमा राहत सुविधा उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता केसीले बताए ।

मन्त्री केसीका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सङ्गठन संरचना र दरबन्दी स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : ०४ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा