नेपालको हवाई क्षेत्रमाथिको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु : ईयू | Khabarhub Khabarhub

नेपालको हवाई क्षेत्रमाथिको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु : ईयू


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली युनियन ईयूले नेपालको हवाई क्षेत्रमा लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको छ ।

हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेका पछिल्ला सुधारको प्रशंसा गर्दै ईयूले यस्तो प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको पूर्वसन्ध्यामा ईयूले विज्ञप्तिमार्फत हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानुन र व्यवहारमा देखिएको सुधारले गर्दा नेपालको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको हो ।

यसको लागि तीन चरण पार गर्नुपर्नेछ । पहिलो चरण अन्तर्गत बेल्जियमको ब्रसेल्समा प्राविधिक कमिटिको बैठक हुनेछ ।

दोस्रो चरणमा युरोपेली युनियनको हवाई सुरक्षा एजेन्सीका विज्ञ तथा प्राविधिकले नेपालको भ्रमण गर्नेछन् । ईयूका सदस्य देशबाट हुने यो भ्रमणले नेपालले हवाई सुरक्षाको लागि ईयूका मापदण्ड पूरा गरे/नगरेको हेर्नेछन् ।

नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था र स्थलगत अनुगमन टोलीको रिपोर्टका आधारमा तेस्रो चरणमा नेपालमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ईयूको हवाई सुरक्षाका समितिमा पेस हुनेछ ।

युरोपेली युनियनले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राख्दै आएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ३७ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा