सुजुकीका गाडिका लागि ‘विन्टर फ्री सर्भिस क्याम्प’ | Khabarhub Khabarhub

सुजुकीका गाडिका लागि ‘विन्टर फ्री सर्भिस क्याम्प’


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोटर उत्पादक कम्पनी सुजुकीले आफ्ना चार पाङ्ग्रे सवारीधनीको सहजताका लागि हिउँदे सिजन विशेष निःशुल्क सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।

नेपालका लागि सुजुकी फोर ह्विलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २३ देखि २५ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको हो ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउनेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निःशुल्क कार वासको सुविधा पाउने सीजी मोटोकर्पले जनाएको छ ।

यस्तै, एसडीटी डायग्नोसिसमा पनि ग्राहकले ५० प्रतिशत छुट पाउनेछन् । सर्भिस क्याम्प सञ्चालन हुने अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट पायने जनाइएको छ ।

सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । देशभर ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १ : ५७ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम