सुजुकीका गाडिका लागि ‘विन्टर फ्री सर्भिस क्याम्प’ « Khabarhub

सुजुकीका गाडिका लागि ‘विन्टर फ्री सर्भिस क्याम्प’


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोटर उत्पादक कम्पनी सुजुकीले आफ्ना चार पाङ्ग्रे सवारीधनीको सहजताका लागि हिउँदे सिजन विशेष निःशुल्क सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।

नेपालका लागि सुजुकी फोर ह्विलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २३ देखि २५ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको हो ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउनेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निःशुल्क कार वासको सुविधा पाउने सीजी मोटोकर्पले जनाएको छ ।

यस्तै, एसडीटी डायग्नोसिसमा पनि ग्राहकले ५० प्रतिशत छुट पाउनेछन् । सर्भिस क्याम्प सञ्चालन हुने अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट पायने जनाइएको छ ।

सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । देशभर ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १ : ५७ बजे

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह

भुजेल संस्कृति संरक्षण गरिँदै

दमौली– भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला