पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक लिन बुधबार दुई वटा विमान आउँदै  « Khabarhub

पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक लिन बुधबार दुई वटा विमान आउँदै 


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार स्वदेश फिर्ता पठाइने भएको छ ।

अध्यागमन विभागले चिनियाँ दूतावासकाे समन्वयमा उनीहरुलाई चीन पठाउन लागेको हो । उनीहरुलाई लिन बुधबार अपराह्न चीनका दुईवटा विमान नेपाल आउनेछन् ।

चाइना साउदर्न र चाइना इस्टर्नका दुईओटा विमान बुधबार अपराह्न काठमाडौं आउने र ती विमानबाट उनीहरुलाई साँझ चीन लगिने तयारी गरिएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले १२२ जनाका लागि चीन प्रवेशको अनुमतिपत्र अध्यागमन विभागलाई बुझाइसकेको छ ।

पक्राउ परेकामध्ये ६७ जनासँग पासपोर्टसमेत नरहेकाले चिनियाँ दूतावासले ‘इन्ट्री डकुमेन्ट’ अध्यागमन विभागलाई उपलब्ध गराएको हो ।

चाइना साउदर्नको विमानमा ८० जना र चाइना इस्टर्नको विमानमा ४२ जनालाई राखेर लगिनेछ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले यही पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारी चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुलाई काठमाडौं सीडीओ कार्यालय बुझाएपछि सीडीओ कार्यालयले एक/एक हजार रुपैयाँ जरिवाना गरी उनीहरुलाई रिहा गर्ने आदेश दिएकोमा प्रहरीले तत्कालै अध्यागमन विभागमा बुझाएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ७ : २८ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको