सुलेमानीको शवयात्रामा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या ४० पुग्यो « Khabarhub

सुलेमानीको शवयात्रामा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या ४० पुग्यो


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

घटनामा कम्तीमा १९० जना घाइते भएका बताइएको छ । इरानी राष्ट्रिय टेलिभिजनले दिएको प्रारम्भिक सूचनामा कम्तीमा ३२ जनाको मृत्यु भएको बताइएको थियो तर पछि उक्त सङ्ख्या बढेको बताइएको छ ।

“दुर्भाग्यवस, शवयात्राका क्रममा अत्यधिक भीड भई भागदौड मच्चिँदा कम्तीमा हाम्रा ४० नागरिकले ज्यान गुमाएका छन् भने १९० जना घाइते भएका छन्,” इरानको आपतकालीन सेवा प्रमुख पिरहोसेन कुलिभण्डले उक्त टेलिभिजन च्यानललाई बताए ।

उक्त घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ । कर्मानस्थित एएफपीका संवाददाताले दिएको जानकारी अनुसार दक्षिणपूर्वी शहर केरमानका सडकहरूमा इरानका रिभोलुसनरी गार्डसका प्रमुख कमाण्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा लाखौँको को सङ्ख्यामा उपस्थित शुभचिन्तकहरूले खचाखच भरिएका थिए ।

शवयात्राका लागि केरमान पुगेका इरानीहरू सहरमा नअटाएपछि नजिकका पहाडहरूमा पुगेर भएपनि सुलेमानीप्रति अन्तिम सम्मान अर्पण गरेका उक्त सरकारी टेलिभिजनबाट प्रसारण गरिएका श्रव्यदृष्यमा देखाइएको थियो ।

इरानी जनताबीच गार्डसको क्विद बलका सुप्रसिद्ध कमाण्डर रहेका सुलेमानीलाई इराकको राजधानी बग्दादस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएको थियो ।

सुलेमानीको मृत्युले इरान शोकमा डुबेको छ भने अमेरिकी आक्रमणको बदला लिने इरानी अधिकारीले बताइसकेका छन् ।

इरानको राजधानी तेहरानका साथै दक्षिण–पश्चिमी शहर अवाज, कुम र मशहादका सहरहरूमा सुलेमानको मृत्युपछि शोक जुलुस (शवयात्रा) निकालिएको थियो भने मङ्गलबार अपरान्ह् केरमानमा इस्लाम धर्मअनुसार उहाँको अन्त्येष्टि गरिने कार्यक्रम रहेको थियो ।

शवयात्राका क्रममा भएको मानवीय क्षतिपछि अन्त्येष्टि कार्यक्रमसमेत तत्कालका लागि रोकिएको बताइएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ८ : ०३ बजे

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा