इटालीमा कोरोनाभाइरसले ज्यान गुमाउनेको स‌ंख्या १६ हजार ५ सय नाघ्यो « Khabarhub

इटालीमा कोरोनाभाइरसले ज्यान गुमाउनेको स‌ंख्या १६ हजार ५ सय नाघ्यो


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६३६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ५२३ पुगेको छ ।

इटालीमा एकैदिन ३ हजार ५९९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३२ हजार ५४७ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये २२ हजार ८३७ जना उपचारपछि निको भएका छन् । ३ हजार ८९८ जनाको अवस्था गम्भीर रहेकोे छ । संक्रमितमध्ये ९३ हजार १८७ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६३५ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १३ लाख ४४ हजार ८५९ पुगेको छ । एकै दिन ७१ हजार ९५८ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये २ लाख ७८ हजार बढी उपचारपछि निको भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : १५ बजे

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको