लकडाउनका बेला १५ भारतीय नेपाल प्रवेश गरेको खुलासा « Khabarhub

लकडाउनका बेला १५ भारतीय नेपाल प्रवेश गरेको खुलासा


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी –  महोत्तरीको एकडारा गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् ।

कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेको खुलेको हो ।

उनीहरु महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।

उनीहरु यही चैत २२ गते राति वनको बाटो हुँदै भारतको सीतामढी शहरबाट बहेडा गाउँमा आइपुगेका हुन् ।

१३ वर्षदेखि १८ वर्ष उमेर समूहका ती किशोर भारतको बिहारमा पर्ने किशनगञ्ज जिल्लाका हुन् ।

उनीहरु बहेडाकै एक साथीसहित भारतको उत्तर प्रदेशस्थित एक मदरसामा पढिरहेका थिए ।

भारतमा लकडाउनका बेला पढिरहेको मदरसाबाट आफ्नो घर किशनगञ्ज जिल्ला जाने क्रममा भारतको सीतामढीमा घेरिएपछि महोत्तरीका साथीसँग उनीहरु बहेडा आइपुगेको गाउँपालिकाका अध्यक्ष रामछविला रायले बताउनुभयो ।

भारतीय १५ किशोर बहेडा गाउँमा लुकेर बसिरहेको बारेमा गाउँपालिका अध्यक्ष साहलाई समेत जानकारी थिएन ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितकाले स्रोतको माध्यमबाट त्यसबारे जानकारी पाएपछि अध्यक्ष साहलाई जानकारी गराइएको थियो ।

अध्यक्ष साहले त्यसपछि वडा नं ५ का वडाध्यक्ष शेराजुद्दीन अन्सारीको सहयोगमा सोमबार भारतीय किशोरको खोजतलास गर्दा उनीहरु एक घरमा लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।

एकै घरमा फेला परेका ती सबै किशोरको तत्काल गाउँपालिकाको स्वास्थ्य टोलीद्वारा ज्वरो जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको थियो ।

 उनीहरुलाई तत्काल छुट्टै होम क्वारेन्टाइनमा १४ दिनसम्मका लागि राखिएको अध्यक्ष साहले बताए ।

यता सीमाक्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीको २४ घण्टे ड्युटी र कडा निगरानी रहेको बेला भारतीय किशोर समूहमै नेपाल प्रवेश गरेकामा उनीहरुको कामप्रति प्रश्नचिह्न उठेको छ ।

स्थानीय बासिन्दा र वडाध्यक्षसमेतले गाउँमा नयाँ मानिस आएको कुरा प्रहरी प्रशासनलाई जानकारी नगराएर ठूलो लापरवाही गरेको आरोप सर्वसाधारणले लगाएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : ३६ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना