चीनसँग सीमाना जोडिएको भियतनाम कोरोना भाइरसको संक्रमण रोक्न सफल « Khabarhub

चीनसँग सीमाना जोडिएको भियतनाम कोरोना भाइरसको संक्रमण रोक्न सफल


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी फैलिएको चीनको छिमेकी मुलुक  भियतनाम कोरोनाको संक्रमण रोक्न सफल भएको छ ।

चीनमा कोरोना भाइसले ३३ सय भन्दा बढीको मृत्यु र ८१ हजार भन्दाबढी संक्रमित भइरहँदा चीनसँगै ११ सय किलोमिटरको सीमा जोडिएको भियतनाम कोरोनाको महामारी फैलन नदिन सफल भएको हो ।

भियतनाममा मंगलबारसम्म २४५ जना संक्रमित भएकोमा ९५ जना निको भइरसकेका छन् । उपचारारत १५० जनाको अवस्था पनि सामान्य रहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कसरी सम्भव भयो त ?

स्वास्थ्यपोचारका लागि विकसित मुलुकको जस्तो अवस्थामा नरहेको भियतनामले सम्भावित जोखिमको आकलन गर्दै जनवरीको अन्तिम सातादेखि नै कडिकडाउ गर्दै विदेशीलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्‍यो ।

कोरोना संक्रमणको जोखिम बढेपछि भियतनामको सत्तासीन कम्युनिस्ट पार्टीको एउटा बैठकमा प्रधानमन्त्री न्युगेन स्वान फुकले ‘महामारीविरुद्धको लडाइँ शत्रुविरुद्धको लडाइँ ‘ भनेर सतर्कताका लागि आह्वान गरे ।

लगत्तै भियतनामले कोरोनाको संक्रमितका सम्पर्कमा आएकाहरुको खोजि जारी राख्दै अनिवार्य क्वारेन्टाइनमा राख्ने नीति अबलम्बन गर्‍यो ।

फेब्रुअरीको सुरुवातदेखि नै सबै विद्यालय र विश्वविद्यालय बन्द गरिए ।

१० जनामा संक्रमण देखिएपछि  फेब्रुअरी १२ मा राजधानी होनाई नजिकको १० हजार जनसंख्याको एउटा सानो शहरलाई तीन साताका लागि क्वारेन्टिनमा राखियो ।

संक्रमित व्यक्तिको दोस्रो, तेस्रो र चौथो तहका सम्पर्क घेराको पहिचान गरी कडा निगरानीमा राखियो ।

व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइयो । घोषित नियम  उल्लंघन गर्नेमाथि आवश्यक कारबाही गरियो।

सरकारी सञ्चारमाध्यमले भाइरस संक्रमणबारे व्यापक सूचना अभियान चलाए । हात धुने तरिकादेखि गितसंगितमा समेत कोरोना भाइरसबारेका चेतनामुलक सामग्री प्रस्तुत गरियो ।

अन्तर्राष्ट्रिय सम्पर्क बिच्छेद भइरहँदा भियतनामका आर्थिक परियोजनामा ठूलो क्षति गरेको छ। तथापि, यसबाट जोगाउन सरकारले एक अर्ब १० करोड अमेरिकी डलरबराबरको कोष खडा गरेको छ।

उक्त राहत कोषमार्फत दिइरहेका प्याकेजले केही न केही सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : २५ बजे

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय