आजको मौसम : सुदूरपश्चिममा वर्षा, अन्य क्षेत्रमा साँझ पानी पर्ने « Khabarhub

आजको मौसम : सुदूरपश्चिममा वर्षा, अन्य क्षेत्रमा साँझ पानी पर्ने


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बेग्लाबेग्लै समयमा देशका प्राय: सबै भागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका जिल्लामा बिहानैदेखि पानी परेको छ भने अन्य क्षेत्रमा दिउँसो तथा साँझ पानी पर्ने मौसमविद् विभूति पोखरेलले बताइन् । ‘सुर्खेतमा बिहानै मेघगर्जनसहित वर्षा भइरहेको छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘साँझपख काठमाडौंसहित मध्य क्षेत्र र पूर्वी क्षेत्रमा पनि वर्षा हुने सम्भावना छ।’

यस्तै प्रिमनसुन भएकाले वर्षाका साथ चट्याङ, हावाहुरीको पनि स्वाभाविक रूपमा सम्भावना रहने उनले बताइन । मौसम पूर्वानुमान महाशाखाले आज ६ बजेको मौसम बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशको पहाडी साथै पश्चिमी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ :

बैशाख २५गते (बिहीबार)

दिउँसो : देशको पश्चिमी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।देशको पश्चिमी भू-भागका केहि स्थानहरूमा र मध्य/पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रहने छ। देशको मध्य/पूर्वी भू-भागका केहि स्थानहरूमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

बैशाख २६ गते (शुक्रबार)

दिउँसो : देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

राति : देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

बैशाख २७ गते (शनिबार)

दिउँसो : देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ ।देशको पश्चिमी /मध्य भू-भागका केहि स्थानहरूमा साथै पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

राति : देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै