रुसमा चार दिनमा ४२ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित | Khabarhub Khabarhub

रुसमा चार दिनमा ४२ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  रुसमा चार दिनमा ४२ हजारभन्दा बढी कोरोना भाइरसले संक्रमित भएका छन् ।

चार दिनयता लगातार दैनिक १० हजार भन्दा बढीमा संक्रमण देखिएको रुसमा बुधबार पनि १० हजार ५५९ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि आइतबार एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित देखिएको थियो भने सोमबार १० हजार ५८१ र मंगलबार १० हजार १०२ जना संक्रमित भएका थिए ।

यो समाचार तयार पार्दासम्म रुसमा कुल संक्रमितको संख्या १ लाख ६५ हजार ९२९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या १ हजार ५३७ पुगेको छ ।

संक्रमितमध्ये २१ हजार ३२७ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ४३ हजार ६५ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : २३ बजे

देशभरको मौसम बदली रहने, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप: बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी

काठमाडौं – एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। पहिलो

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने : सोमबारदेखि पढाइ

काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन