एकाबिहनै लकडाउन उल्लंघन गर्ने १ हजार ३१६ जना पक्राउ « Khabarhub

एकाबिहनै लकडाउन उल्लंघन गर्ने १ हजार ३१६ जना पक्राउ


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ४५ औँ दिन । विहानै देखि उपत्यकाका सडक सुनसान छन् ।

लकडाउन जारी रहँदा अटेरी गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार बिहान मात्रै प्रहरीले काठमाडौं उपत्यकाबाट १ हजार ३१६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४ सय १५ जना महिला समेत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई केही समय सडकमा उभ्याएर घर फर्काइएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै लकडाउनको समयमा सवारी पास नलिइ चलाएका सवारी समेत नियन्त्रणमा लिएको छ।

आज विहान मात्रै २ सय ८१ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उपत्यका भित्र छिर्ने नाका थप कडाइ गरेको छ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले शर्त सहित केही संघसस्था तथा व्यवसायहरु खोल्न छुट दिने निर्णय गरे पनि लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

नेपालमा हालसम्म ९९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १० : २१ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस