आज सांसदहरुको पीसीआर परीक्षण हुँदै | Khabarhub Khabarhub

आज सांसदहरुको पीसीआर परीक्षण हुँदै


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार सुरु हुने संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्न आज (बिहीबार) सांसद तथा सचिवालयका कर्मचारीको कोरोना भाइरसको पीसीआर परीक्षण गर्न स्वाव संकलन सुरु भएको छ ।

आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका गर्न राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यको पीसीआर परीक्षणका लागि स्वाव संकलन बिहान १० बजेबाटै सुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि भने ११ बजेदेखि संकलन गरिने छ ।

अहिले राष्ट्रियसभा सांसदको संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्वाब संकलन भइरहेको संसद सचिवालयले जनाएको छ। सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पीसीआरु परीक्षण गर्ने तयारी छ। प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन्।

संघीय संसदको दुबै सदनको वर्षे अधिवेशन वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि कोरोना भाइरस रोकथामबारे छलफल गर्दा सांसदहरुले कोरोनाको प्रयोगशाला परीक्षणकै सुझाव दिएका थिए । चिकित्सकहरुले पनि परीक्षण गर्न सुझाव दिएपछि आज दुवै सदनका सांसदको स्वाव संकलन गरिएको हो ।

यसअघि वैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोख्रेलसहितको टोलीले संसद भवनको स्थलगत अनुगमन गरेको थियो । त्यस क्रममा चिकित्सकहरुले संसद भवन छिर्नेहरुको दुई दिनअघि नै पीसीआर विधिबाट कोरोना परीक्षण गर्न सुझाव दिएका थिए ।

यसैबीच मंगलबारको कार्यब्यवस्था परामर्श समितिले संसद बैठक सञ्चालन गर्दा उच्च सर्तकता अपनाउने निर्णय गरेको छ । संसद भवन प्रवेश गर्दा हात धुने, स्यानिटाइजर लगाउने व्यवस्था हुनेछ । त्यसपछि ज्वरो नाप्ने, ज्वरो देखिए संसद भवनकै आइसोलेसन कक्षमा राख्ने र अस्पताल लैजाने व्यवस्था गरिएको छ । सांसद र संसद सचिवालयका कर्मचारीले मास्क अनिवार्य लगाउनुपर्छ ।

संसद बैठकमा एउटा सांसदले बोलेपछि माइक स्यानिटाइज गरेर मात्र अर्को सांसदले माइक समात्नुपर्नेछ । सभाहलमा हरेक टेबलमा स्यानिटाइजर राखिनेछ ।

सांसदहरुलाई छलफलमा भाग लिँदा ड्यासमा नगई बसेकै ठाउँबाट बोल्ने व्यवस्था गर्न पनि कार्यव्यवस्था परामर्श समितिले सुझाव दिएको छ ।

बैठकमा भाग लिन आउने सांसदाई गाडीले ल्याउने र पुर्‍याउने व्यवस्था पनि गर्नेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १० : ४६ बजे

बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

बागमती– बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र

नदी कटान नियन्त्रण गर्न ग्याबिन पर्खाल

तनहुँ – व्यास नगरपालिकास्थित शिसाखोला–बुल्दीखोला, छबिसेदेखि घाँसीकुवासम्म नदीले कटान हुने

बालेनलाई लक्षित गर्दै सुनिताले भनिन् : आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो नरोजौँ

काठमाडौं– ‘डुङ्गा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाँच्ने

लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु