क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण « Khabarhub

क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- प्युठानमा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइएको छ ।

पताञ्जलि योग जिल्ला समितिले निःशुल्क योग प्रशिक्षण दिन शुरु गरेको हो । उनीहरुलाई दैनिक बिहान साढे ४ देखि ७ बजेसम्म प्रशिक्षण सञ्चालन गरिएको समितिका अध्यक्ष केदारमान कक्षपतिले बताए ।

प्युठान नगरपालिका वडा नं ८ बाग्दुलामा रहेका व्यक्तिबाट शुरु गरिएको प्रशिक्षण झिमरुक गाउँपालिका मच्छीका क्वारेन्टाइन, मल्लरानी गाउँपालिका खलंगा, स्वर्गद्वारी नगरपालिका भिङ्ग्री र प्युठान नगरपालिकाका दुई स्थान दाखाक्वाडी र हरिखोला विद्यालयमा गरी जिल्लाका आठ स्थानमा दिइएको अध्यक्ष कक्षपतिले बताए ।

समितिले अन्य बाँकी स्थानीय तहमा पनि केन्द्रबाट अनुमति आएपछि प्रशिक्षण सञ्चालन गर्ने योजनामा रहेको उनले बताए ।

योगले आत्मबल बढाउन, शारीरिक तथा मानसिक रुममा क्रियाशील बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मनोरञ्जन प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ । सामाजिक दूरी राखेर क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइको छ ।

अरनिको आधारभूत विद्यालय प्युठान२ दाखाक्वाडी क्वारेन्टाइनमा काठमाडौँबाट आई क्वारेन्टाइनमा बस्नुभएका योग प्रशिक्षक बमवहादुर खड्काले योग प्रशिक्षण सञ्चालन गर्नुभएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

कोरोना संक्रमणबाट बच्नका लागि सरकारले गरेको लकडाउनका समयमा पनि जिल्लामा ८४ वर्ष पुगेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइएको छ ।

प्युठानका नौ वटै स्थानीय तहका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए ।

जिल्लाका ६४ स्वास्थ्य संस्थामार्फत ज्येष्ठ नागरिकसँगै दीर्घरोगीको पनि जाँच गरिएको छ । स्वास्थ्यकर्मीले सुरक्षित तवरले ज्येष्ठ नागरिकलाई नेपाल सरकारमार्फत प्राप्त भएको निः शुल्क औषधि तथा जाँच सेवा परामर्श दिइँदै आएको सुवेदीले बताए ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य कार्यालय प्युठान मातहतका स्वास्थ्य संस्थामार्फत यो सेवा सञ्चालन गरिएको हो । सेवाअन्तर्गत महिनामा कम्तीमा दुई पटक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिन्छ ।

प्युठान ५ जुम्रीकाढाँ पातलकटेरीकी ९१ वर्षीया मनि खड्काले सबै बन्द भएको समयमा पनि यसरी सेवा गर्न स्वास्थ्यकर्मी आएकामा खुशी व्यक्त गरे ।

स्थानीय तहका ६४ वटा वडामा एक हजार २०८ जना ८४ वर्ष पुगेका नागरिक छन् । स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीबाटै तिनको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ११ : ५६ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०