काभ्रे प्रवेशका सबै नाका बन्द « Khabarhub

काभ्रे प्रवेशका सबै नाका बन्द


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ ।

काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो ।

जिल्लास्थित कोभिड–१० रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले सिन्धुपाल्चोकसँग जोडिएको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका, रामेछापसँग जोडिएको चौँरीदेउराली, तेमाल र रोशी गाउँपालिका, सिन्धुलीसँग जोडिएको तेमाल गाउँपालिका, मकवानपुरसँग जोडिएको महाभारत गाउँपालिका र ललितपुरसँग जोडिएको बेथानचोक र खानीखोला गाउँपालिका तथा भक्तपुरसँग जोडिएको बनेपा नगरपालिकास्थित साँगामा आजदेखि अत्यावश्यक सवारीबाहेकलई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो ।

कमाण्ड पोष्टका सदस्यसचिव एवं स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले स्थानीय तहलाई आ–आफ्ना सीमामा कडाइकासाथ आवतजावत बन्द गर्न लगाइने निर्णय भएको बताए । उनका अनुसार लकडाउन उल्लङ्घन गर्ने सवारी तथा नागरिकलाई सुरक्षाकर्मीले दैनिक जाँच गरी कारवाही गरिरहेको छ ।

सो पोष्टले स्थानीय तहका सबै वडा र बस्तीमा निगरानी समूह गरी लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न नागरिकबाटै स्थानीयस्तरमा समूह बनाएर निगरानी गर्न थालेको छ ।

प्रमुख जिल्ला अधिकारी एवं कमाण्ड पोष्ट संयोजक श्रवणकुमार तिमल्सिनाले भने, “पालिकास्तरमै नागरिकको समूह परिचालन गर्दा लकडाउन प्रभावकारी हुने देखियो, सोहीअनुसार पालिका प्रमुखलाई अनुरोध गरिनेछ ।”

यसअघि तेमाल र बेथानचोक गाउँपालिकाले अन्य स्थानबाट कुनै पनि सामग्री ल्याउन रोक लगाउँदै आफ्नो क्षेत्र प्रवेशका सबै नाका बन्द गर्ने निर्णय गरिसकेकका छन् ।

स्थानीय प्रशासनले जिल्लाका नाकामा कडाइ गर्न थालेपछि बेथानचोक गाउँपालिकाले गाउँमा पाहुना आउन र बस्नसमेत बन्देज गर्ने निर्णय ग¥यो । साथै गाउँपालिकाले एक वडाबाट अर्को वडामा जान नपाइने नियम पनि बनाएको छ ।

पाँचखाल नगरले भने सरकारले पहिलोपटक बन्दाबन्दीको समय थपेलगत्तै गत चैत तेस्रो सातादेखि नै एक वडाबाट अर्को वडा प्रवेशमा रोक लगाएको थियो ।

नगरप्रमुख महेश खरेलले कारोना भाइरस सङ्क्रमणको उच्च जोखिम देखिएकाले सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि चैतदेखि नै वडा प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए । उनका अनुसार तरकारी, दूध, औषधि, तथा खेतबारीमा काम गर्नेबाहेकका व्यक्ति एक वडाबाट अर्को वडा प्रवेश गर्न पाउने छैन ।

पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले भने वडास्थित पसल र बासिन्दाको दैनिक निगरानी गरिरहनुभएको छ । मण्डनदेउपुर नगर र महाभारत गाउँपालिकाले भने हाल वडा प्रवेशमा रोक लगाइ पाँच जना भेला हुन रोक लगाएको छ ।

स्थानीय तहले अत्यावश्यक सामग्री खरिदका लागि भने आ–आफ्नो क्षेत्रका स्थानीय पसल खुलाउने समयावधि तोकेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १२ : १२ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले