१५ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ « Khabarhub

१५ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- बलात्कार आरोपमा स्थानीय फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका छन् ।

आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

चौधरीले आफ्नै सहयोगी एक बालिकालाई अनैतिक कार्य गरेको लिखित उजुरी आएपछि मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिए ।

जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत गौरले सात दिनको म्याद दिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

चौधरी इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ परीक्षणसमेत भइसकेको इलाका प्रहरी कार्यालय विजयपुरले जानकारी दिएको छ । पीडित बालिका केही महिनाको गर्भवतीसमेत रहेको स्वास्थ्य परीक्षणबाट जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १२ : ३२ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच