आमिर खानको यो फिल्म भएको थियो सुपरहिट, पारिश्रमिक थियो ११ हजार « Khabarhub

आमिर खानको यो फिल्म भएको थियो सुपरहिट, पारिश्रमिक थियो ११ हजार


२५ बैशाख २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हालै सामाजिक सञ्जालमा उक्त तस्वीर भाइरल भएको थियो । तस्वीरमा आमिर खान आफ्ना साथी राजसँग अटो रिक्साका पछि फिल्मको पोस्टर टाँसिरहेका थिए ।

आमिर खानले एक अन्तर्वार्ताका क्रममा ३० वर्षको करिअरमा आफूसँग जोडिएका कैयन् किस्सा सुनाएका थिए । उनले आफ्नै कैयन् राज पनि खुलाएका थिए ।

आमिरले पहिलो कमाइदेखि लिएर पुराना याद पनि शेयर गरेका थए ।

आमिरले बताएका थिए, ‘कयामत से कयामत तक मेरो पहिलो सबैभन्दा हिट फिल्म साबित भएको थियो । तर त्यतिबेला मसँग गाडी किन्ने पैसा थिएन, म सार्वजनिक सवारीमा हिँड्थेँ ।’

उनले ‘कयामत से कयामत तक’ बाट उनले ११ हजार कमाइ गरेको बताएका थिए । यतिमात्र होइन, आमिरले पहिलो फिल्मबाट मासिक १ हजार कमाउन थालेको पनि बताएका थिए ।

तारे जमिन पर, रंग दे बसन्ती, दिल चाहता है, ३ इडियट्स र पीकेजस्ता फिल्मबाट आमिरले निकै चर्चा कमाएका छन् ।

आमिर बलिउडमा फरक खालका फिल्ममा काम गर्ने अभिनेताका रुपमा पनि चिनिन्छन् ।

आमिरको फिल्म ‘दंगल’ ले विश्भवरबाट करीब २००० करोड कमाइ गरेको थियो । फिल्मले चीनमा मात्र ८ सय करोड कमाइ गरेको थियो ।
आमिरको यो फिल्मलाई बलिउडको सबैभन्दा बढी कमाइ गर्ने फिल्मका रुपमा लिइन्छ ।

आमिर ३० वर्षको करिअरमा कहिल्यै पनि अवार्डमा कार्यक्रममा गएनन् । यद्यपि उनले अवार्ड पाइसकेका छन् । उनले पद्यमी श्री देखि पद्म भूषण पुरस्कार पनि जितेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  १ : २१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र