आमिर खानको यो फिल्म भएको थियो सुपरहिट, पारिश्रमिक थियो ११ हजार « Khabarhub

आमिर खानको यो फिल्म भएको थियो सुपरहिट, पारिश्रमिक थियो ११ हजार


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हालै सामाजिक सञ्जालमा उक्त तस्वीर भाइरल भएको थियो । तस्वीरमा आमिर खान आफ्ना साथी राजसँग अटो रिक्साका पछि फिल्मको पोस्टर टाँसिरहेका थिए ।

आमिर खानले एक अन्तर्वार्ताका क्रममा ३० वर्षको करिअरमा आफूसँग जोडिएका कैयन् किस्सा सुनाएका थिए । उनले आफ्नै कैयन् राज पनि खुलाएका थिए ।

आमिरले पहिलो कमाइदेखि लिएर पुराना याद पनि शेयर गरेका थए ।

आमिरले बताएका थिए, ‘कयामत से कयामत तक मेरो पहिलो सबैभन्दा हिट फिल्म साबित भएको थियो । तर त्यतिबेला मसँग गाडी किन्ने पैसा थिएन, म सार्वजनिक सवारीमा हिँड्थेँ ।’

उनले ‘कयामत से कयामत तक’ बाट उनले ११ हजार कमाइ गरेको बताएका थिए । यतिमात्र होइन, आमिरले पहिलो फिल्मबाट मासिक १ हजार कमाउन थालेको पनि बताएका थिए ।

तारे जमिन पर, रंग दे बसन्ती, दिल चाहता है, ३ इडियट्स र पीकेजस्ता फिल्मबाट आमिरले निकै चर्चा कमाएका छन् ।

आमिर बलिउडमा फरक खालका फिल्ममा काम गर्ने अभिनेताका रुपमा पनि चिनिन्छन् ।

आमिरको फिल्म ‘दंगल’ ले विश्भवरबाट करीब २००० करोड कमाइ गरेको थियो । फिल्मले चीनमा मात्र ८ सय करोड कमाइ गरेको थियो ।
आमिरको यो फिल्मलाई बलिउडको सबैभन्दा बढी कमाइ गर्ने फिल्मका रुपमा लिइन्छ ।

आमिर ३० वर्षको करिअरमा कहिल्यै पनि अवार्डमा कार्यक्रममा गएनन् । यद्यपि उनले अवार्ड पाइसकेका छन् । उनले पद्यमी श्री देखि पद्म भूषण पुरस्कार पनि जितेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १ : २१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने