लकडाउनमा पनि सडक निर्माण जारी « Khabarhub

लकडाउनमा पनि सडक निर्माण जारी


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले शुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडक निर्माणको काम अगाडि बढाइएको मेचीनगर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले भनिन्, “कोरोना महामारी नभएको भए अहिले पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको हुन्थ्यो ।” कोरोना सङ्क्रमण फैलिन नदिन सरकारबाट भएका निर्देशनलाई पूर्ण पालना गर्दै अहिले मेचीनगर–२ र ४ लाई जोड्ने दुई हजार ६६० मिटरको सडक निर्माणको काम शुरु गरिएको छ ।

उनले भनिन् , “काममा खटिने जनशक्तिको स्वास्थ्यको पूर्णरूपमा ख्याल गर्दै काम अगाडि बढाइएको छ ।” “अहिले काम गरिने ठाउँमा निर्माण सामग्री र जनशक्ति उपलब्ध भएका विकास निर्माणका योजनाहरुलाई नै प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ,” उनले भनिन् , “बन्दाबन्दीका कारण कामविहीन बनेका मजदुरलाई प्रयोग गरेर सडक निर्माण कार्य शुरु गरिएको छ ।”

मेचीनगर नगरपालिका र नेपाल सरकारको समपूरक कोषको रु सात करोड ४४ लाखको लागतमा सो सडकको निर्माण कार्य शुरु भएको हो । मेचीनगर–२ भृकुटीस्थित भानु माध्यमिक विद्यालय पूर्वबाट मेचीनगर–४ को राइसिङ पुलसम्मको सडक कालोपत्र, कल्भर्ट र सडक किनारमा ड्रेन निर्माण कार्य भइरहेको नगरपालिकाकी उपप्रमुख उप्रेतीले बताइन् ।

सो सडक निर्माणको स्थलगत अनुगमनमा आज नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खामम्याङ, प्राविधिक विकास लिम्बू र विशाल राजवंशीसहित पुगेकी उपप्रमुख उप्रेतीले सडक निर्माणमा कार्यरत ५० जना मजदुरलाई भौतिक दूरी कायम गरेर काममा लगाइएको बताइन् ।

मेचीनगर नगरपालिका र नेपाल सरकारको समपूरक कोषको ५०÷५० प्रतिशतमा गरिएको निर्माण कार्यको ठेक्का रौताहा शान्ति जेभियर्सले लिएको छ । आर्थिक वर्ष २०७६÷०७७ को असार २५ गतेभित्र निर्माण कार्य सम्पन्न गरी नगरपालिकालाई जिम्मा लगाउनुपर्ने सर्तअनुसार काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।

“लकडाउनको अवस्थामा स्थानीय मजदुरलाई रोजगारी पनि मिलेको छ”, उपप्रमुख उप्रेतीले भनिन्, “नगरले दिएको राहतले मात्र जीविकोपार्जनमा समस्या भइरहेको हुँदा स्थानीय मजदुरलाई सङकटमा सहयोग मिल्नाका साथै विकास निर्माण पनि भएको छ ।”

उनले दुई हजार ६६० मिटरको सडक निर्माण गरिने स्थानमा पाँचवटा समूह विभाजन गरेर प्रत्येकमा १० जनालाई काम लगाइरहेको बताइन् । सडकमा काम गर्ने मजदुर मास्कको प्रयोग र भौतिक दूरी कायम गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ३ : २६ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच