संघीय संसदमा ४४१ जनाको स्वाब संकलन, कोरोना परीक्षणको रिपोर्ट शुक्रबार आउने | Khabarhub Khabarhub

संघीय संसदमा ४४१ जनाको स्वाब संकलन, कोरोना परीक्षणको रिपोर्ट शुक्रबार आउने


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसजको वर्षे (बजेट) अधिवेशन शुरु हुनुपूर्व संघीय संसदका सदस्य (सांसद) समेत गरी ४ सय ३१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण भए–नभएको यकिन गर्न संघीय संसदका सदस्य र कर्मचारीहरु गरी ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो ।

जसअन्तर्गत १ सय ७७ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य तथा संघीय संसद सचिवालयका कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी ४ सय ४१ को स्वाब संकलन गरिएको हो ।

बाँकी रहेका सांसद, सुरक्षाकर्मी र कर्मचारीको शुक्रबार बिहान ८ देखि १० बजेसम्म स्वाब संकलन गरी परीक्षण गरिने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बिहीबार संकलन गरिएका स्वाबको परीक्षण गरी शुक्रबार नतिजा आउने छ ।

शुक्रबार शुरु हुने संसदको बजेट अधिवेशनमा सबै सांसदहरुको कोरोना परीक्षणको रिपोर्ट हेरेर मात्रै वैठक कक्षमा प्रवेश गर्न दिइने छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ३ : ४२ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न