पहिलो फिल्ममा सैफले दिएका थिए यस्तो शट, निर्देशकले निकालेका थिए « Khabarhub

पहिलो फिल्ममा सैफले दिएका थिए यस्तो शट, निर्देशकले निकालेका थिए


२५ बैशाख २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सैफ अली खानले फिल्म ‘बेखुदी’ बाट बलिउडमा डेब्यु गर्नेवाला थिए । तर, उनलाई निर्देशकले फिल्मबाट निकालिदिएका थिए ।

यो घटना सैफले हालै एक अन्तर्वार्ताका क्रमाना खुलासा गरेका थिए । त्यतिबेला सैफ डराएका थिए । उक्त फिल्ममा रिजेक्ट भएपछि सैफले यश चोपडाको फिल्म ‘परम्परा’ बाट डेब्यु गरे । जुन फिल्म सन् १९९३ मा रिलिज भएको थियो ।

सैफले शूटिङको पहिलो दिन कस्तो लागेको थियो भन्ने पनि खुलासा गरेका छन् । मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा उनले खुलाए, निर्देशक राहुल राविल पहिलो दिन गीतको शूटिङ गर्दै थिए । सैफसँग को-स्टार काजोल थिइन् ।

सैफले भने – मलाई नक्कली आँसु झारेर गीतको लाइन गाउनु थियो । तर त्यो काम सजिलो थिएन । उतिखेरै एक्प्रेसन पनि बदल्नु पर्ने थियो ।

निर्देशकलाई सैफले रुचि नदेखाएको बुझेका थिए ।

‘म इङ्ल्यान्डको स्कूलबाट सीधै आएको थिएँ, खुबै डराएको थिएँ, मैले पक्कै नराम्रो गरेँ होला,’ उनले भने, ‘निर्देशकलाई मैले चासो नदेखाएको जस्तो लागेको थियो । त्यो शटमा मैले निकै खराब अभिनय गरेँ ।’

सैफले ‘दिल चाहता है’ पछि अभिनयमा अरु कोही बन्नुभन्दा आफ्नै प्राकृतिक अभिनय गर्ने सोचे । त्यसपछि उनले त्यस्तै खालका भूमिकामा अभिनय गर्न थाले ।

फिल्म ‘रेस’ मा उनले दाइको भूमिका निभाए । किनकि, यो बढी चुनौतीपूर्ण लाग्यो ।

हालै सैफको अभिनय रहेको फिल्म ‘तान्हाजी’ प्रदर्शनमा आएको थियो । यो फिल्मले बक्स अफिसमा शानदार कमाइ गर्‍यो । फिल्ममा अजय देवगन र काजोलको पनि शीर्ष भूमिका थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ४ : ४० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र