पछिल्लो २४ घण्टामा ४ सय ४ जनाको पीसीआर परीक्षण, छैनन् नयाँ संक्रमित « Khabarhub

पछिल्लो २४ घण्टामा ४ सय ४ जनाको पीसीआर परीक्षण, छैनन् नयाँ संक्रमित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छैनन् । हालसम्म ९९ जना जना संक्रमित रहेका छन् ।

डा देवकोटाका अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४ र सुदुरपश्चिम प्रदेशमा ५ जना गरी ९९ जना संक्रमित रहेका छन् ।

देभरका विभिन्न अस्पतालको आइसोलेसनमा ७७ जना संक्रमितको उपचार भइरहेको छ भने २२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार हालसम्म १४ हजार ५ सय ९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार बुधबार सम्मा कुल पीसीआर विधिबाट १४ हजार ९६ वटा नमूना परीक्षण गरिएको थियो ।

यो तथ्यांकलाई हेर्दा पछिल्लो २४ घण्टामा देशभर ४ सय ४ वटा नमूना मात्र परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट ५४ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ । प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हाल देभरका आइसोलेसनमा १ सय ३३ जना संक्रमित तथा कोरोना आशंका गरिएका बिरामीहरु रहेका छन् ।

यस्तै देशभरका क्वारेन्टाइमा १७ हजार ३ सय ७२ जना रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ५ : १० बजे

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी

केही भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई हराउँदै पीएसजी फाइलनमा प्रवेश

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ