पछिल्लो २४ घण्टामा ४ सय ४ जनाको पीसीआर परीक्षण, छैनन् नयाँ संक्रमित | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा ४ सय ४ जनाको पीसीआर परीक्षण, छैनन् नयाँ संक्रमित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छैनन् । हालसम्म ९९ जना जना संक्रमित रहेका छन् ।

डा देवकोटाका अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४ र सुदुरपश्चिम प्रदेशमा ५ जना गरी ९९ जना संक्रमित रहेका छन् ।

देभरका विभिन्न अस्पतालको आइसोलेसनमा ७७ जना संक्रमितको उपचार भइरहेको छ भने २२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार हालसम्म १४ हजार ५ सय ९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार बुधबार सम्मा कुल पीसीआर विधिबाट १४ हजार ९६ वटा नमूना परीक्षण गरिएको थियो ।

यो तथ्यांकलाई हेर्दा पछिल्लो २४ घण्टामा देशभर ४ सय ४ वटा नमूना मात्र परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट ५४ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ । प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हाल देभरका आइसोलेसनमा १ सय ३३ जना संक्रमित तथा कोरोना आशंका गरिएका बिरामीहरु रहेका छन् ।

यस्तै देशभरका क्वारेन्टाइमा १७ हजार ३ सय ७२ जना रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ५ : १० बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न