मापसे गरेर चलाएको एम्बुलेन्सले कारलाई दियो ठक्कर, १ जना घाइते « Khabarhub

मापसे गरेर चलाएको एम्बुलेन्सले कारलाई दियो ठक्कर, १ जना घाइते


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गौशालामा एउटा एम्बुलेन्सले निजी कारलाई ठक्कर दिएको छ । बिहीबार दिउँसो ३ बजेतिर मित्रपार्कबाट एयरपोर्टतर्फ जाँदै गरेको बा १० च ८५१३ नम्बरको निजी कारलाई विपरित दिशाबाट आउँदै गरेको बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो ।

एम्बुलेन्सको ठक्करबाट कारका चालक काठमाडौंको गोंगबु बस्दै आएका २९ वर्षीय सविन श्रेष्ठ घाइते भएका छन् ।

प्रहरीले एम्बुलेन्स चालक मोरङको पथरी नगरपालिका घर भएका ३६ वर्षीय रामबहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका एम्बुलेन्स चालक चौधरीले मादक पदार्थ सेवन गरेको पाइएको छ । साथै उनीसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत नभएको पाइएको महानगरीय प्रहरी बृत्त गौशालाले जनाएको छ ।

घाइते भएका निजी कारका चालकलाई उपचारका लागि अस्प्ताल लगिएको छ । पक्राउ परेका एम्बुलेन्स चालकमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : १८ बजे

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ