रुसमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६२५ जनाको मृत्यु « Khabarhub

रुसमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६२५ जनाको मृत्यु


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा ज्यान गुमाउनेको संख्या १ हजार ६२५ पुगेको छ ।

विहीबार मात्र थप  ८८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ६२५ पुगेको हो । आजै ११ हजार २३१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७७ हजार १६० पुगेको छ ।

रुसमा कोरोना संक्रमित २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो समय रुस कोरोना भाइरसको महामारी तीव्र देखिएको छ । बुधवार १० हजार ५५९ जना संक्रमित थपिएका थिए भने बुधवार नै ८६ जनाको मृत्यु भएको थियो ।

यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ६५ हजार ३६६ जनाको मृत्यु भएको छ भने ३८ लाख ३६ हजार ८१७ जनालाई संक्रमण भएको छ । १३ लाख ८ हजार २०१ जना निको भएर घर फर्किएका छन् । विश्वमा कोरोना संक्रमितमध्ये ४८ हजार ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ५३ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ