सामान्य अवस्थामा पनि मास्क लगाउन डब्ल्यूएचओको सुझाव « Khabarhub

सामान्य अवस्थामा पनि मास्क लगाउन डब्ल्यूएचओको सुझाव


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठनले सामान्य अवस्थामा पनि मास्क लगाउन सुझाव दिएको छ ।

स्वस्थ्य मानिसका लागि मास्क लगाउने निर्देशिका परिमार्जन गर्दै डब्ल्यूएचओ आफूलाई सुरक्षित राख्न मास्क लगाउन सुझाएको हो ।

संगठनले सर्वसाधारणलाई विशेष समयमा मास्क लगाउन सरकारले नै प्रोत्साहन गर्नुपर्ने सुझाएको छ ।

विश्व स्वास्थ्य संगठनको नयाँ निर्देशिकाले सामाजिक दूरी बनाउन समस्या हुने भिडभाड, पसल र सार्वजनिक यातायातमा स्वस्थ्य मानिसले मास्क लगाउन सुझाएको छ ।

त्यस्तो मास्क श्वास लिन योग्य तीन तहको हुनुपर्ने स्वास्थ्य संगठनले जनाएको छ । स्वस्थ्य मानिसले मास्क लगाउँदा सङ्क्रमण रोक्नेबारे कुनै वैज्ञानिक वा प्रमाणिक कारण स्पष्ट भइसकेको छैन् । यद्दपी मास्क लगाउँदा सङ्क्रमण सर्ने सम्भावित जोखिम न्यूनिकरण हुने विश्वास गरिएको छ ।

स्वास्थ्य अवस्था जटिल हुने ६० वर्षभन्दा माथिको उमेरका वृद्धले आफूलाई सुरक्षित राख्न सामान्य अवस्थामा पनि मेडिकल मास्क लगाउन सुझाइएको छ ।

मास्क लगाए नलगाए पनि मानिसले भिडभाड बनाउन नहुने, कम्तिमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने, साबुन पानीले नियमित हात धुनुपर्ने, हाछँयु गर्दा नाक र मुख ‘टिस्यु’ कागजले छोप्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ८ : २५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित