अनलाइन कक्षा मात्र सञ्चालन भए अमेरिकाले विदेशी विद्यार्थी पठाउने, १४ हजार नेपाली प्रभावित हुने « Khabarhub

अनलाइन कक्षा मात्र सञ्चालन भए अमेरिकाले विदेशी विद्यार्थी पठाउने, १४ हजार नेपाली प्रभावित हुने


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारीले अनलाइन कक्षामात्र सञ्चालन भए अमेरिकामा रहने विदेशी विद्यार्थी समस्यामा पर्ने भएका छन् ।

अमेरिकाको इमिग्रेसन एण्ड कष्टम इन्फोर्समेन्ट (आईसीई) ले आगामी सेमेस्टरबाट निरन्तररूपमा अनलाइन कक्षा मात्र सहभागी भएमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो देश फर्कनु पर्ने जनाएको छ ।

अहिले कोभिड–१९ को महामारीको कारण अमेरिकामा रहेका अधिकांश विश्वविद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चानल गर्दै आएका छन् ।

आईसीईका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले अनलाइन कक्षामात्र लिएमा उनीहरूले विद्यार्थी भिसाको नियम उल्लङ्घन गरेको ठहरिनेछ ।

आईसीईको प्रावधानअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले प्रति सेमेस्टर तीनभन्दा बढी कक्षा अनलाइनमा लिन पाउँदैनन् । अहिले अमेरिकामा ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत छन् ।

आईसीईको यो नयाँ नियमले अमेरिकामा अध्ययनरत १४ हजारभन्दा बढी नेपाली विद्यार्थीहरू प्रभावित हुनेछन् । अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकाको अर्थतन्त्रमा ४५ बिलियन डलरभन्दा बढी योगदान गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ११ : ३१ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री