हिरानीको फिल्ममा पञ्जाबी युवक बन्दै शाहरुख ! « Khabarhub

हिरानीको फिल्ममा पञ्जाबी युवक बन्दै शाहरुख !


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘जीरो’ को असफलतापछि शाहरुख खान घरमै बसिरहेका छन् । उनले नयाँ फिल्ममा काम गर्नमा खासै चासो देखाएका छैनन् ।

अब उनी नयाँ र दमदार स्किृप्ट भयो भने मात्र फिल्ममा काम गर्ने मनशायमा छन् । उनका लागि पछिल्ला केही वर्ष राम्रा रहेनन् ।

शाहरुखका केही फिल्म चलेनन् । जसले गर्दा उनलाई नम्बर वान अभिनेता पनि मान्न छोडियो । उनलाई थाहा छ, अब उनी लामो समय फिल्म क्षेत्रमा धमाका मच्चाउन सक्दैनन् ।

लकडाउनका बेलामा पनि शाहरुखले दर्जनौं स्किृप्ट पढेका छन् । तर, उनलाई धेरै स्किृप्ट चित्त बुझेको छैन ।

यतिबेला खबर आएको छ कि, शाहरुखले अब राजकुमार हिरानीसँग काम गर्दैछन् ।

हिरानी बलिउडका त्यस्ता निर्देशक हुन्, जसले एकपछि अर्को हिट फिल्म दिएका छन् । फिल्म मुन्नाभाइ एमबीबीएस, थ्री इडियट्स लगायत फिल्म हिरानीले शाहरुख खानसँगै बनाउन चाहन्थे । तर, फिल्ममा शाहरुखको सट्टा अरु नै अनुबन्ध भए ।

शाहरुख खान सफलताको रथमा हुँदा उनलाई हिरानीको जरुरी पनि थिएन । तर, अब चाहन्छन् कि हिरानीसँग कुनै फिल्ममा काम गर्न पाइयोस् ।

हिरानीले निर्माण गर्न लागेको फिल्मको कथा वैदेशिक रोजगारीको कहानीमा आधारित छ । पञ्जाबबाट कैयन् युवा क्यानडा गएका छन् ।

जसकारण क्यानडा अब मिनी पञ्जाब भइसकेको छ । युवती पनि क्यानडामा हुने युवकसँगै बिहे गर्न चाहन्छन् ।

यस्तै कथामा हिरानीले फिल्म निर्माण गर्न लागेको चर्चा बलिउडमा छ । जुन फिल्मको शीर्ष भूमिकामा शाहरुख खान हुनेछन् ।

फिल्मको स्किृप्टलाई अन्तिम रुप दिइँदैछ । त्यसपछि शाहरुख र हिरानीले भेट गर्नेछन् । अहिले फिल्मको लोकेशनको खोजी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : ५६ बजे

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण