पहिरोले स्वास्थ्यचौकी भवन पुरियो, नगरपालिका उच्च जोखिममा « Khabarhub

पहिरोले स्वास्थ्यचौकी भवन पुरियो, नगरपालिका उच्च जोखिममा


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका –१४ को स्वास्थ्यचौकी भवन पहिरोले पुरेको छ ।

साक्चाखोलामा रहेको चारकोठे स्वास्थ्यचौकी भवन सोमबार राति खसेको पहिरोले पुरेको हो । पहिरोले पुर्दा स्वास्थ्यचौकी भवनमा पूर्ण रुपमा क्षति पुगेको छ ।

पहिरोका कारण भवनसहित स्वास्थ्यचौकीमा रहेका औषधिसहित अन्य सामग्रीमा क्षति पुगेको स्वास्थ्यचौकी इञ्चार्ज छवि खड्काले जानकारी दिए । केही औषधि र सामान भने निकालिएको उनको भनाइ छ । स्वास्थ्यचौकी भवन पहिरोले पुरिएपछि स्थानीयवासीका घरमा कोठा भाडामा लिएर सेवा दिएको इञ्चार्ज खड्काले बताए ।

स्थानीयवासी एक जनाले स्वास्थ्यचौकी भवनमाथि रहेको पाखो भिरालो जमीन डोजर लगाएर सम्याई पर्खाल लगाएपछि उक्त सबै भाग खसेर स्वास्थ्यचौकी भवन पुरिएको बताइएको छ । जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेकामा उक्त भवन पनि पहिरोले पुरेपछि सेवा प्रवाहमा समस्या देखिएको छ ।

इञ्चार्ज खड्काका अनुसार भवन मर्मत गर्न सकिने अवस्था नरहेको र अब नयाँ भवन बनाउनाको विकल्प छैन् ।
यसैबीच अर्काे पहिरोबाट एक घर पुरिएको तथा एक दर्जन घर जोखिममा रहेको वडाध्यक्ष अतिराम बिष्टले बताए ।

वडाको ठूलो बिरालगाउँकी सुधा खड्काको घर माथिबाट आएको पहिरोले पुरेको र सानो बिरालगाउँमा रहेका १० घर उच्च जोखिममा रहेको उहनको भनाइ छ । त्यस्तै वडाका विभिन्न ठाउँमा लगाइएका मकै बालीमा समेत क्षति पुगेको छ ।

यसैबीच जिल्लाको आठबीसकोट नगरपालिकाको कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । वडा नं ९ को राडी बजार नजीकै रहेको नगरपालिकाको कार्यालयमाथि रहेको राडीपाखाबाट खसिरहेको पहिरोको उच्च जोखिममा परेको हो । पहिरोका कारण नगरपालिकाको कार्यालय रहेका भवन पुरिने जोखिम बढ्दै गएको छ ।

लगातारको वर्षाका कारण निरन्तर पहिरो खसिरहेको छ । यसबाट नगरपालिकाका कार्यालय उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ ।

पहिरो नगरपालिकाभन्दा माथि रहेको सडकमा खसेको छ भने केही ढुङ्गा कार्यालयमा पुगेका छन् । पहिरो खसिरहेकाले कतिबेला नगरपालिका कार्यालय पुरिन्छ भन्ने चिन्तामा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि रहेका छन् । जोखिमका बीचमा पनि नगरपालिकाले सेवा भने प्रवाह गरिरहेको छ ।

नगरपालिकाको कार्यालय गिजागाड खोलाको जोखिममा समेत छ । गत वर्ष खोलामा आएको बाढी नगरपालिकामा पस्दा क्षति भएको थियो भने खोलाको कटानका कारण नगरपालिका कार्यालय जोखिममा रहेको छ ।

यसैबीच राडी बजारमा ल्याइएको खानेपानी अवरुद्ध भएको छ । नगरपालिका कार्यालयलाई जोखिममा पारेको पहिरोले पाइपमा क्षति गरेपछि राडी बजारमा खानेपानीको आपूर्ति बन्द भएको हो । यसबाट राडी बजारवासी खानेपानीको समस्यामा परेका छन् । रासस

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ८ : १७ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा