१६ वर्षमा ५ करोड अकूत सम्पत्ति कमाउने इन्जिनीयर उपाध्यायविरुद्ध मुद्दा « Khabarhub

१६ वर्षमा ५ करोड अकूत सम्पत्ति कमाउने इन्जिनीयर उपाध्यायविरुद्ध मुद्दा


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनीयर पूर्णप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी हैसियतभन्दा बढी अस्वाभाविक जीवनयापन गरेको भन्दै उपाध्यायमाथि छानबिन गरेको थियो ।

सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डडेल्धुरामा राप तृतीय श्रेणी इन्जिनीयरको पदमा २०६३ पुस ५ गते प्रवेश गरेका उपाध्याय २०६९ चैत १५ गते सिनियर डिभिजन इन्जिनीयर पदमा बढुवा भएका थिए । हाल क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत रहेका छन् ।

आयोगले २०६३ पुस ५ देखि २०७७ जेठ मसान्तसम्मको छानबिन गरेको थियो । उपाध्यायले सार्वजनिक सेवामा रही आर्जित भत्तालगायत पारिश्रमिक आय, श्रीमती दुर्गा खनाल रिमालको पारिश्रमिक, जग्गा भाडा, कर्मचारी सञ्चय कोष कर्जा, व्यक्तिगत सापटी, शेयर नगद लाभांश, पैतृक जग्गा बिक्रीबाट प्राप्त आय गरी रु एक करोड ९२ लाख १६ हजार २९८ बराबर मात्र वैधानिक आय गरेको देखिन्छ ।

आयोगको अनुसन्धानअनुसार उपाध्यायले जग्गा खरिद, घर निर्माण, विद्युतीय उपकरण खरिद, जीवन बीमा प्रिमियम, साथमा रहेको नगद, श्रीमती दुर्गाका नाममा विभिन्न बैंकमा रहेको खाताको मौज्दात तथा लगानी जाँच गर्दा रु पाँच करोड एक लाख ४३ हजार ४५१ बराबरको सम्पत्ति रहेको पाइएको छ ।

वैध आयको तुलनामा खर्च तथा लगानीको मात्रा रु तीन करोड १० लाख २७ हजार १५३ बढी रहेको पाइएको छ । सोही आधारमा आयोगले आज रु तीन करोड १० लाख २७ हजार १५३ बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : ५१ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा