भाण्टा खाँदा हुने १३ फाइदा « Khabarhub

भाण्टा खाँदा हुने १३ फाइदा


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बैगुन, भण्टा, भेण्टा वा भण्टा अनेकन नामले चिनेन भाण्टामा धेरै मानिसले रुचाउँदैनन् ।

भाण्टा खाँदा चिलाउँछ भन्ने सोचका कारण मानिस स्वादिलो भए पनि भाण्टालाई नरुचाएको पाइन्छ ।

तर भाण्टाको सेवनले चिलाउने होइन यसमा भएको बहुगुणी पोषणले शरीरलाई अत्यन्त धेरै फाइदा पुर्‍याउँछ । तसर्थ भाण्टा खादाँ शरीरमा निकै धेरै फाइदा मिल्दछ ।

यस्तो छ भाण्टा खादाँ शरीरमा हुने फाइदा :

१. भाण्टामा फाइवरको मात्रा प्रचुर हुन्छ । जसले पाचन जन्य समस्या निको पार्दछ ।
२. न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले वजन नियन्त्रणमा सघाउ पुर्‍याउँछ ।
३. यसको सेवनले शरीरमा कोलेस्ट्रोल र चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।
४. भाण्टामा भिटामीन ए, सी, ई, के, वि ६ पाइन्छ ।
५. यसमा क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस लगायतको तत्व पनि पाइन्छ ।
६. भाण्टाको नियमित सेवनले मधुमेह, मुटु रोगमा समेत लाभ मिल्दछ ।
७. भाण्टाको सेवनले रक्तनलीलाई तन्दुरुस्त राख्ने काम गर्दछ ।
८. भाण्टामा पाइने तत्वले छालालाई सफा, रसिलो र मुलायम राख्दछ ।
९. भाण्टाको रस कपालमा लगाउँदा जरा बलियो हुन्छ ।
१०. भाण्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउँछ ।
११. यसको बोक्रामा पाइने एन्थोसाइनिन फाइटोले मतिष्कको कोषिका क्षति हुनबाट बचाउँछ ।
१२. भाण्टाको रसको सेवनले शरीरबाट बिषाक्त पदार्थ निकालेर मृगौला स्वस्थ राख्दछ ।
१३. यसको सेवन हाडको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै