डायलाइसिस गर्दागर्दै कोरोना संक्रमितको मृत्यु « Khabarhub

डायलाइसिस गर्दागर्दै कोरोना संक्रमितको मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिराहाको गोलबजार-१२ का २५ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

डाक्टर सापकोटाका अनुसार ती पुरुषमा साउन २२ गते (हिजो) कोरोना पुष्टि भएपछि जनकपुर अस्पतालबाट बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । उनी विगत २ वर्षदेखि मृगौलाको उपचार गराउँदै आएका थिए । उनको सातामा दुईपटक डायलाइसिस हुने गरेको थियो ।

संक्रमित पुरुषको डायलाइसिसकै क्रममा राति मृत्यु भएको सापकोटाले बताए ।

“हाम्रो अस्पतालमा कोरोना संक्रमित मिर्गौलाका बिरामीको डायलाइसिस गरिन्छ । उहाँमा पनि हिजो कोरोना पुष्टि भएपछि जनकपुर अस्पतालले समन्वय गरेर यहाँ रेफर गरेको थियो,” सापकोटाले खबरहबसँग भने, ” उहाँको राति १० बजेर ४५ मिनेटमा डायलाइसिस गर्दा गर्दै मृत्यु भयो ।”

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : १८ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी