पौडी खेल्दा सेतीमा बगेर १३ वर्षीय बालक बेपत्ता « Khabarhub

पौडी खेल्दा सेतीमा बगेर १३ वर्षीय बालक बेपत्ता


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- पौडी खेल्ने क्रममा सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा आदर्श गाउँपालिका–६ गिरीचौका खतेडा गाउँका मानबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन खडायत रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले जानकारी दिए।

पौडी खेल्ने क्रममा गाउँ नजिकैको सेती नदीमा बगेर उनी बेपत्ता भएका र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

जिल्लामा एक महिनाको अवधिमै सेती नदीमा बगेर पाँच जनाको ज्यान गइसकेको छ।

वर्षात्को समयमा सेती नदीमा पानीको बहाब बढ्ने भएको सावधानी नअपनाउने गरेका कारण नदीमा पौडी खेल्न जानेहरु बगेर बेपत्ता हुन थालेको स्थानीयवासी बताउँछन्।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : ५३ बजे

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया