क्यानद्वारा ४१ अर्ब ११ करोड बजेट बिनियोजन  « Khabarhub

क्यानद्वारा ४१ अर्ब ११ करोड बजेट बिनियोजन 


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि ४१ अर्ब ११ करोड ३ लाख बजेट बिनियोजन गरेको छ ।

प्राधिकरणले आज सार्वजनिक गरेको चालु आवको बजेट तथा नीति कार्यक्रममा निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकता दिइएको छ ।

प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार बजेट विनियोजन गरेको थियो । यसपटक कोभिड–१९ का कारण विमानस्थलको आय घटेकाले प्राधिकरणले चालु आवका लागि अघिल्लो वर्षको तुलनामा केही कम बजेट विनियोजन गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यस पटकको बजेटमा नयाँ कार्यक्रम नभई निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए ।

प्राधिकरणले संस्थागत सुधार, विमानस्थल विकास तथा स्तरोन्ति, सञ्चार उपकरण, सुरक्षा उपकरण तथा मौसमी उपकरण जडान, अन्तरराष्ट्रिय विमानस्थल विस्तार र जनशक्तिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।

विमानस्थल पूर्वाधारतर्फ प्राधिकरणले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

गौतमबुद्ध विमानस्थलको लािग अधिग्रहण गरिएको जग्गाको मुआब्जाका लागि प्राधिकरणले रु दुई अर्ब १६ करोड ८३ लाख विनियोजन गरेको छ ।

त्यस्तै पोखरा विमानस्थलको लागि गरिएको जग्गा अधिग्रहणलाई रु ७८ करोड विनियोजन गरिएको छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणलाई रु २० करोड व्यवस्था गरिएको छ । यो विमानस्थलको गुरुयोजना तयार गर्ने जनाइएको छ ।

यसैगरी गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा प्रमाणित गर्ने, अन्तरप्रदेश उडानमा प्रोत्साहन दिने, आइटी नीति तयार गर्ने, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ घण्टा नै सञ्चालन योग्य बनाउने प्राधिकरणको योजना छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ४७ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका