अपडेट : केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु « Khabarhub

अपडेट : केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

एयर इन्डिया एक्सप्रेसको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित ११ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

उक्त विमानमा १९१ यात्रु सवार रहेका थिए

घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ।

भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएकाे छ। विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन ।

भारतीय गृहमन्त्री अमित शाह, केरलका मुख्यमन्त्री पिनारई विजयन र कांग्रेस नेता राहुल गांधी घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

 

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : ५८ बजे

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

काठमाडौं – शेरबहादुर देउवा नेपाली कांग्रेसको निवर्तमान सभापति भइसकेका छन्

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने विश्वप्रकाशको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले गगन

सभापति थापाले भने : कांग्रेसलाई एकताबद्ध बनाएर ‘रिफर्म’को यात्रा सुरु भयो

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनपछि पार्टी