कर संकलन गर्न ३ दिन बैंकका सबै राजश्व काउन्टर खुला राख्न निर्देशन | Khabarhub Khabarhub

कर संकलन गर्न ३ दिन बैंकका सबै राजश्व काउन्टर खुला राख्न निर्देशन


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलवारदेखि आगामी बिहीवारसम्म बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमवार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई राजस्व संकलनका लागि तीन दिनसम्म शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले भदौ २५ सम्म राजस्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजस्व उठाउने म्याद नजिकिदै गएको भन्दै केन्द्रीय बैंकले ती संस्थाका शाखा कार्यालयहरु खुला गर्न निर्देशन दिएको हो ।

कोरोना महामारीपछि निषेधाज्ञा लागू गरिएका कारण अहिले बैंक तथा वित्तीय संस्थाका सिमित शाखाहरु केहि साता अघिदेखि सञ्चालनमा रहेका छन् ।

सिमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुने भन्दै सहज तरिकाले राजस्व तिर्ने वातावरण बनाउन निर्देशन जारी गरिएको सूचनामा केन्द्रीय बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भनेका छन् ।

बैंकद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ७ : २६ बजे

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा