नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु « Khabarhub

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट एक जना पत्रकारको मृत्यु भएको छ ।

कपिलवस्तुमा रहेर पत्रकारिता क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील उनको सोमबार दिउँसो निधन भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना व्यवस्थापन सम्पर्क व्यक्ति कुमार थापाले जिल्लाका एक जना पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको खबरहबलाई बताए ।

“हाम्रो जिल्लामा एकजना कोरोना संक्रमित ६० वर्षका पत्रकार को मृत्यु भएको छ,” थापाले खबरहब सँग भने, “आज दिउँसो २ बजे कपिलवस्तु अस्पतालमा मृत्यु भएको थियो, मृत्युपछि बेलुका ५ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आयो ।”

कोरोना परीक्षणका लागि १० दिन अघि स्वाब लिइएकोमा आज साँझ उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी मधुमेह, उच्च रक्तचाप र मिर्गाैला रोगबाट पीडित थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : २३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक