कैलाश गाउँपालिकाले तीन वर्षमा बनायो ३१ वटा कानून « Khabarhub

कैलाश गाउँपालिकाले तीन वर्षमा बनायो ३१ वटा कानून


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको उत्तरी दुर्गम क्षेत्र कैलाश गाउँपालिकाले उक्त पालिकाको सञ्चालन तथा व्यस्थापनका लागि ३१ वटा कानून बनाएको छ ।

तीन वर्षमा निर्माण गरिएको ३१ वटा कानून कार्यावन्यनमा आएको सो गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानका अनुसार प्रशासकीय कार्यविधि ऐन २०७५, कार्यसम्पादन नियमावली २०७४, कार्यविधि नियमावली २०७४, राजपत्र प्रकाशन नियमावली २०७५ बनाएको छ ।

त्यस्तै कर तथा गैह्रकर राजश्व लगाउने र उठाउने सम्बन्धमा बनेको ऐन, विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन गर्न बनेको ऐन निर्माण गरेर कार्यान्वयमा ल्याइएको छ ।

स्वास्थ्य सेवा, न्यायिक समिति कार्यविधि पूर्वाधार विकाससम्बन्धी, कैलाश गाउँपालिका सेवा, पूर्वाधार व्यवस्थापन, सहकारी, कृषि यान्त्रिकरण कार्यविधि, उपभोक्ता समिति सञ्चालन निर्देशिका, गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि, ज्येष्ठ नागरिक कार्यविधि, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा व्यवस्थापन कार्यविधि ऐन कार्यावन्वयनमा ल्याइएको अध्यक्ष मोक्तनले बताए ।

विकास निर्माणको काम पारदर्शी तथा जनताको काम ऐन कानूनको परिधिमा रहेर छिटो छरितो रुपमा भइरहेको उल्लेख गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १० : ५२ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२