सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन « Khabarhub

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिएका  छन् ।

प्रादेशिक सुशासन केन्द्र जनकपुरको मुजेलियामा प्रदेश मातहतका कर्मचारीका लागि आयोजित सूचना सञ्चार प्रविधिसम्बन्धी क्षमता अभिवृद्धि तालीमको समापन समारोहमा उनले समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग गर्न कर्मचारीलाई निर्देशन दिए ।

कर्मचारीहरुका लागि अनुशासन आवश्यक रहेको जिकिर गर्नुहुँदै उनले कर्मचारीतन्त्रमा अनुशासन कायम नभएसम्म विकास र समृद्धिको परिकल्पनासमेत गर्न नसकिने स्पष्ट पारे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमप्रसाद भुसालको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलले प्रदेशका कर्मचारीलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ तालीम आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता तालीमहरुलाई निरन्तरता दिने जानकारी गराए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ९ : ३८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु