जुम्लाको तिलामा १० शय्याको अस्पताल शिलान्यास « Khabarhub

जुम्लाको तिलामा १० शय्याको अस्पताल शिलान्यास


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ मा १० शय्याको अस्पताल शिलान्यास गरिएको छ ।

एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको अभियानअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले आज सो अस्पतालको शिलान्यास गरेका हुन् ।

सो अवसरमा उनले स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले बजेटको अभाव हुन नदिइने बताए ।

“स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो, यसमा हामी बजेट अभाव हुन दिने छैनौँ”, उहाँले भन्नुभयो, “हामी नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि अघि बढेका छौँ ।” अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन सङ्घीय सरकारले गर्ने राज्यमन्त्री रावतले बताए ।

गाउँपालिका अध्यक्ष रतननाथ योगीले स्वास्थ्य, शिक्षा, सडक, विद्युतीकरण, खानेपानी, सिँचाइ र कृषिको आधुनिकीकरणमा तीव्र गतिमा काम अघि बढाएको बताए ।

रु १० करोड लागतमा सो अस्पताल निर्माण गरिने भएको छ । आधारभूत स्वास्थ्य सेवा नपुगेका मुलुकका ३९६ पालिकामा पाँचदेखि १५ श्ययाको अस्पताल स्थापना गर्ने सङ्घीय सरकारको नीतिअनुरुप यहाँको कनकासुन्दरी गाउँपालिकामा १५ श्ययाको अस्पताल र तिला गाउँपालिकामा १० श्यया अस्पताल निर्माण हुँदैछन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १० : ३३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु