बुध ग्रहको पूजा गर्नाले मिल्छ यस्तो लाभ (पूजा विधिसहित) « Khabarhub

बुध ग्रहको पूजा गर्नाले मिल्छ यस्तो लाभ (पूजा विधिसहित)


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवग्रह मध्येको एक हो-बुध ग्रह । बुध ग्रहको प्रभावस्वरुप व्यक्तिको विद्वता र उसमा रहेको वाद-विवादको क्षमतालाई दर्शउँछ ।

मानिसको जन्मकुण्डलीमा शुभ ग्रहका साथमा बुध बिराजमान छ भने शुभ फल मिल्छ । अशुभ ग्रहका साथमा बुध छ भने त्यो मानिसलाई अशुभ फल मिल्छ ।

यसरी बुध ग्रह अशुभ ग्रहमा बसेका भएमा देखिने दोष निवारणका लागि बुध ग्रहको पूजा गर्नुपर्ने शास्त्रले जनाउँछ ।

के हो बुध ग्रह ?

ज्योतिष शास्त्र अनुसार बुध ग्रहलाई ग्रहपति तथा राजकुमारको संज्ञा दिइन्छ । सौर्य मण्डलका सवैभन्दा सानो र सूर्यको सबैभन्दा नजिकको ग्रहका रुपमा समेत बुधलाई चिनिन्छ ।

बुधलाई बुद्धि प्रदान गर्ने देवताका रुपमा समेत लिइन्छ । बुध ग्रहको आफ्नो दिन भनेको बुधबार नै हो । बुध कन्या र मिथुन राशिको स्वामी पनि हो ।

बुधको पूजा गर्दा के लाभ मिल्छ ?

बुध ग्रहको पूजा गर्नाले स्वास्थ्य सम्बन्धी समस्या निवारण हुने शास्त्रले बताउँछ । बुधको पूजाले सफलता मिल्छ । जीवनमा आइलाग्ने विभिन्न बाधा अड्चन निवारण हुने विश्वास गरिन्छ । जो विद्यार्थी पढाइमा कमजोर छ, उसका लागि बुध ग्रहको पूजा महत्वपूर्ण र फलदायी मानिन्छ ।

बुधको पूजा बारे जानकारी
बुधको पूजा गर्नका लागि एकाग्र तथा एक चित्त भई मन्त्र जप गर्नुहस् । बुध पूजा मन्त्र-

ॐ बुं बुधाय नमः
ऊँ ऎं स्त्रीं श्रीं बुधाय नमस्

यो मन्त्र स्वयं जप गर्नुहोस् अथवा कुनै कर्मनिष्ठ ब्राह्मणबाट गराए पनि हुन्छ ।

बुधलाई पौराणिक शास्त्रमा चन्द्रमाको पुत्र मानिन्छ । शास्त्रमा बुध ग्रहको दोष निवारणका लागि मातादुर्गाको पूजा गर्नुपर्ने समेत उल्लेख पाइन्छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ६ : ३८ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया