बूढानीलकण्ठ दुर्घटना: नायिका परमिता राणाले गल्ती स्वीकार्दै मागिन् माफी « Khabarhub

बूढानीलकण्ठ दुर्घटना: नायिका परमिता राणाले गल्ती स्वीकार्दै मागिन् माफी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका परमिता राज्यलक्ष्मी राणाले राजधानीको बुढानीलकण्ठ नगरपालिका–५ बसपार्क नजिकै एक पैदल यात्रुको ज्यान जाने गरी कार दुर्घटना हुँदा आफू पनि कारमै सवार रहेको स्वीकार गरेकी छिन् ।

गत मंसिर २८ गते मादक पदार्थ सेवन गरेका चार जना सवार कारले ठक्कर दिँदा गोरखाकी ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनाको समयमा चार जना कारमा थिए । कारमा  सवार ३ जनाको नाम खुलाए पनि प्रहरीले परमिताको नाम गोप्य राखेको थियो । यद्यपि चौथो व्यक्ति भीआईपी कोही रहेको चर्चा सामाजिक सञ्जालमा चलेको थियो ।

घटना भएको एक महिनापछि परमिताले आफू उक्त कारमा सवार रहेको स्वीकार गरेकी छिन् ।

बा १४ च ६१२३ नम्बरको कारमा आफू पनि सवार रहेको परमिताले सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले माफी माग्दै भनेकी छिन् – ‘म सबैसँग माफी माग्न चाहन्छु, चार जनाले लिएको मूर्ख निर्णयले एकजना निर्दोषको ज्यान गयो ।’

‘मैले यो एक खराब सपना होस् भनेर कामना पनि गरेँ, तर त्यो कारभित्र एक यात्रु म पनि थिएँ,’ परमिताले लेखेकी छिन्, ‘मैले ढिला भनेकोमा पनि माफी चाहन्छु तर म त्यो दुर्घटनाले दुखी थिएँ ।’

उनले उक्त दुर्भाग्यपूर्ण घटनाले दुःखी भएको बताएकी छिन् । परमिताले उक्त घटनापछि आफू धेरै चोटमा परेको र दुर्भाग्यपूर्ण घटनाले आफू मर्माहत भएको बताएकी छिन् ।

उनले चार छोरीहरुले मायालु आमा गुमाएको र श्रीमानले सहयोगी श्रीमती गुमाएको घटनाले आफ्नो जीवनमा पूर्ण रुपमा परिवर्तन ल्याएको बताएकी छिन् ।

‘केवल भगवानले जान्नुहुन्छ कि म हरेक बिहान मेरो हृदय र आत्मासँग कसरी उठ्छु र अझै शोक र शोकमा छु,’ उनले भनेकी छिन् ।

दुर्घटना भएपछि आफू घर पुगेपछि मात्र महिलाको मृत्यु भएको आफूले थाहा पाएको बताएकी छिन् ।

उनले आफू दुई वर्षको हुँदा कार दुर्घटनामा बुबालाई गुमाउनु परेको र त्यसयता आफूले अरुलाई कहिल्यै चोट पुर्‍याउन नसक्ने पनि बताएकी छिन् ।

परमिताले दुर्घटनापछि आफूले पहिलोपटक आमालाई फोन गरेको तर उनले नउठेको बताएकी छिन् । उक्त कारलाई २१ वर्षीय पृथ्वी मल्लले चलाएका थिए ।

अत्यधिक मदिरा सेवन गरी कार चलाइएकाले दुर्घटनामा परेको प्रहरीले बताएको थियो । कारमा नायिका परमिता राणा, करिश मास्के, एलिना थापा र पृथ्वी मल्ल सवार थिए । उनीहरू म‍ंसिर २७ गते शुक्रबार साँझ शिवपुरी, डाँडागाउँ गएका थिए ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १ : ०२ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको